नौ बर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज थपिएका ७ जना कोरोना संक्रमित मध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको पुष्टि गरेका छन् । उनले नेपालगञ्जमा थपिएका ७ जनामध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको जनाएका हुन् ।
नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो दोश्रो घटना हो । यस अघि पनि नेपालगञ्जकै ७ बर्षीया बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।