म मगर भएर पनि किन आफूलाई मङ्गोल भन्न सकिन ?
मगर भाषा अनुसार मङ्गोलको अर्थ पुरुषको प्रजनन अङ्ग भन्ने बुझिन्छ यसैले यस्तो शब्द बोलेर म आफूले आफूलाई लज्जित बनाउन सक्दिन।
हामीलाई मङोलियाबाट आएका शरणार्थी बनाउन अनि योजनाबद्ध ढङ्गमा हाम्रो चाडपर्व र संस्कार बिरोधी अभियान शुरूवात गरेको इसाईहरुले दिएको पहिचानरुपी चिनारी नै “मङ्गोल” हो भन्ने बुझेर पनि आफूलाई “मङ्गोल” हुँ भन्नू चाहिँ नेपालका मुलबासी कुराती मगरको इतिहासलाई बलात्कार गर्नु हो। त्यसैले म आफ्नो इतिहासलाई कहिल्यै बलात्कार गर्न सक्दिन।
नेपालमा संचालित मङ्गोल अर्गनाइजेसनको संस्थापक अध्यक्ष गोपाल गुरुङ दार्जिलिङमा जन्मिएका दार्जिलिङको आदर्शपुरुष हुन उनको प्रमुख लक्ष्य नेपाललाई दार्जिलिङमा गाभ्ने थियो सोही याेजना पूरा गर्न उनीद्वारा मङ्गोल अर्गनाइजेसन नामक सस्था स्थापना भयो त्यसैले म यो देशलाई दार्जिलिङमा गाभ्ने कुरामा कहिल्यै सहमत हुन्न ।
डा. गोपाल गुरुङ अर्थोडक्स समूहको इसाई अगुवा हुन अर्थोड्क्स चर्चको मुल एजेन्डा हिन्दु- किराँत – बौद्ध धर्मावलम्बीहरुलाई धर्मान्तर गर्ने हो तर म सदियौेेंदेखि चलिआएको धर्म परिवर्तन गर्ने कुरोमा सहमत छैन्।
मङ्गोल अर्गनाइजेसनले नेपालीमा पटक पटक सांस्कृतिक विद्देष फैलाउने गतिविधि संचालित गर्दै आएको छ यस्ता गतिविधिमा हामी मगर सजक हुनुपर्छ भन्ने मैले बुझेको छु ।
गोपाल गुरुङ र उनका अनुयायीहरु चेलीबेटी बेचबिखन कान्ड -ड्रग्स कारोबारमा सङ्लग्न भएको र राज्य विरुद्धको अपराध गरेको आरोपमा गोपाल गुरुङलाई जेल चलाउन गरिएको थियो भन्ने सुन्दा सुन्दै यस्तो आरोपित अपराधीलाई आफ्नो आदर्श पुरुष मान्न मेरो मगर आस्थाले दिदैन साथै उक्त गिरोहद्वारा नेपाली महिला र युवा असुरक्षित हुने हुँदा म सधै मङ्गोल बिरोधी बनेको छु ।
नेपाल संचालित मङ्गोल अर्गनाइजेसन दार्जिलिङको हितमा संचालित भारत बिरोधि पच्चिमाद्वरा संचालित एनजिअाे र अाईएनजिअाेको भारत र नेपाल बिरोधी झुण्ड हो त्यसैले यस्तो अपराधिक गतिविधि सन्चालनमा नेपाली मगरको सङ्लग्नता हुदैन ।
दार्जलिङबासीको आशाको केन्द्र इसाई पास्टर गोपाल गुरुङको खुराफाती योजनाले लाखौं वर्षको प्राचिन संस्कृती रहेको र हजारौं बुद्धपुरुष जन्माएको शान्तिपूर्ण यो देशमा वखेडा झिकेर गृहयुद्ध निम्ताउने जाल रच्दैछ यो नेपाली कानुन र लोकतन्त्र बिरोधी गतिविधि पनि हो त्यसैले म यस्तो गतिविधिको घोर बिरोध गर्दछु । लेख्दै गए मङ्गोल अर्गनाइजेसन र यसको संस्थापक गोपाल गुरुङको नेपाल बिरोधी गतिबिधिको विशाल महा-पुराण बन्छ। गोपाल गुरुङ र मङ्गोल अर्गनाइजेसनले नेपाली भाषा र अन्य मातृभाषामा बोलेर के गर्नु मनमा नै यो देश र मगर सस्कार सिध्याउने भए पछि म कहिल्यै मङ्गोल हुँ भन्न सकिन म सधै किराँती मगर हुँ र हुनेछु ।

