आमा आइसियुमा हुदा…
तिमी कुन समृद्धि र विकासका सपना देख्छौ।
अर्धचेत भएर आमा आसियुमा हुदा
कहाँ थियौं तिमि आमाको अस्मितामा आँच आउँदा ,
कस्तो तिम्रो सत्ताको भोक कहिल्यै नअघाउने,
स्वाभिमान गुमाएर म समृद्धि चाहन्न
मलाई त स्वाभिमान सहितको समृद्धि चाहिएको छ।
अन्धाधुन्ध दौडिरयौ कुन खेलमा तिमी
14 वर्ष जेलमा के सिक्क गयौ तिमी ?
लिलामी हुँदै छ स्वाभिमान खुलेआम बजारमा ,
तमासा हेरिराख तिमी बसेर सरकारमा।
कस्ता कमनिष्ट हौ तिमी
कुरुप चरीत्र बोकेर राजनीति गर्ने ,
सपनाका कुराहरु पछी गरौंला
अहिले आइसियु बाट आमालाई निकाल्नु छ ,
आमा हाँस्छिन भनेर मैले
तिम्रो पाटिको झन्डा बोकेको थिएँ,
आज रुने ठाउँ खोज्दै घर फर्किएको छु।
