प्रिय क.रुकुम जिल्लाका संसाद रातो कामी (RT)±आठबिसकोट नगर प्रमुख सन्देश के सि (ध्यानाकर्षण प्रत्र)
प्रिय क.सन्देश के सि(नगर प्रमुख) – यो दुनियाँमा भन्दा केही फरक संसारमा हुर्की रहनु भएकै छ। दिनका रातका फरक(स्टामेट)कोरदै दौडिरहेको हुनुहुन्छ।आठबिसकोट नगर बासी बोल्दै छन जतिसक्दो काम गरेपनी साझ बिहान छक टार्ने धौधौ भएको छ,छोराछोरी पढाउ भन्दा पनि सकिँदैन,हाम्रो घर बनाउ भन्दा पनि सकिदैन,राम्रो खाने,लगाउनेको त कुरै छैन,बस्नलाई राम्रो बाँस छैन।सरकार जनताको पक्षमा आउँछ कि भन्दै गर्दा हामी सबै १०बर्ष युद्ध तिर लाग्यौ। हिमाल,तराई,पहाड,सम्मका मजदुर,किसान,शिक्षक,बुद्धिजीवी,आदिवासी जनजाती आदि सबै मिलेर राजतन्त्र हटायौ,गणतन्त्र हामी सबै मिलेर ल्यायौ।मैले त्यतिबेला सोचेको थिए।
अब जनताको सरकार।तर त्यो रहेन्छ आदरणीय क.हामिले सोचेका थियौ निशुल्क शिक्षा,स्वास्थ्य,रोजगार सबैबाट अब हामी बन्चित भएका छौ भन्ने सोचेका थियौ त्यो रहेन्छ। अहिले नेपालमा राजतन्त्र २ नेपालमा स्थापना गर्नु भयो र नेपाल सरकारले गर्यो।नेपालमा कानुन पनि बन्यो,बम बहादुर नेपालीले भनु हुन्थ्यो।(नेपालको कानुन दैबले जानू)भन्ने कुरा स्मरण गरेको छु।लाटा,सिधा,सोझा,बोउला जस्तालाई कानुन बनायो तपाईंको सरकारले क.सन्देश के सि ज्यु?कृष्णबहादुर महरालाई जबर्जस्ती करणीय मुद्दा लगाईयो,यो सहारा सरकारको खेल थियो।
नेपाल कामदार जन्माउने देश भनेर बिल्ला पनि भएकै छ। साझ बिहान छाक,छोराछोरी,घरपरिवारलाई चलाउला भनी बिदेश ८०/९० डिग्री तापक्रम डडिरहेको श्रीमतीलाई नगर प्रमुख सन्देश केसिको (अंगरक्षक)Y.C.L.नगर कमिटी अध्यक्षले जबर्जस्ती यौन दुव्र्यवहार गर्न्दा किन कानुनी दायरा भित्र आएन(मेयर सायप)?? शिक्षा क्षेत्रमा धेरै बिकास पनि गर्नु विद्यार्थीको भबिश्य पनि उज्ज्वल बनाउने धोको थियो होला। आठबिसकोट नगरपालिका भरी १४ ओटा मा.बि.मा YCL का केटाकेटीलाई किन भर्ती गर्नु भयो मेयर सायब??यता भने एस्तो हाल्तमा बिद्याथ्री बनाउने।दु:खद खबर संगै एउटा गाउकि केटि भने आर्थिक अवस्था कमजोरी भएकी बाउकी छोरी भने गाउँ टिउसन भर्ती खोलेका teachar सङ्ग पढ् बिहान उठेर जादा नगर प्रमुखको घर नजिकैको पहिरोमा परि ज्यान गएको हो।मेयर कि छोरि भने अस्ट्रेलिया पढ्छिन,किन यति फरक मेयर साप किन?? २/३ ओटा उद्योग छन मालिक किन आफ्नै छोराभतिजाहरु किन??महिनैपिच्छे करोडौंका गाडी बदल्नु हुन्छ,मेयर साप जनताको घरमा भने खानलाई गाँस छैन,बस्नलाई बाँस छैन,तपाईं भने(५तारे होटेल)खोज्दै हिड्ने किन,मेयर साप???जनतालाई भने जिउँदै मार्नु हुन्छ।
वडा न:३खदिको पाटागाउमा घट्टको समस्या हुदा हावाबाट बल्ने घट्ट ल्याउछु,चुनाव जिताउनु होस,भनु भएको रहेछ चुनाव जित्नु पनि भयो खै त हावाबाट चल्ने घट्ट मेयर सायप?? प्रिय क.रातो कामी(RT)कर्णाली प्रदेश सा°सद जिल्ला रुकुम _ सपना त धेरै होलान सायद,साम्सद ज्यु?पहिला कसरी दुनियाँमा स्थापित बन्ने भन्ने कुरा थियो होला,त्यो पनि सम्पन्न भयो।।अहिलेसम्म जतिसक्दो गर्नु भयो भुल भएर गरेछ भन्दै हुनुहुन्छ रे?अब म आर्थिक क्रान्तिमा छु,सङ्गैका साथीहरुले काठमाडौ,नेपालगन्ज,सुर्खेत तिर महल बनाई सकेका छन,मेरो भने त केही पनि गर्न सकेन्न।जाबो घडेरी त गोठालाले पनि किन्छ,भन्दै हुनुहुन्छ रे?तपाईं त अहिले सन्देश हुदै,जनार्दन,गिकुले,प्रचण्ड जस्तै दुबै,कतार,साउदीतिर पैसा जम्म्मा गर्ने योजनामा हुनुहोला तपाईं के जनताको सेवा गर्नु हुन्छ त साम्सद ज्यु??तपाईंको हाल्त पनि देखिएकै छ,रिम्नाको बाटो खन्दाको पैसा,८/२०डाडागाउका जनतालाई अभियानमा (सर्बदान)गरेको पैसा,आठबिस डाडागाऊलाई परेको कालाखोला बिद्धुतका पोलहरु बिग्री गरेको पैसा लिएर ठुलो महलमा बस्ने मन छ होला।तपाईंको सरकारले पनि एस्तै तपाईं जस्ता,ठेकेदार,चोर,फटा,जस्ता मान्छेले जनताको कुनै काम गर्दैन,जनताको रगत पसिना चुस्दै छन,भन्ने कुरा प्रष्ट थाहा पाईसकेका छन।
तपाईंले पनि माथिल्लो सकुलर ल्याउनु भएकै छ। आफन्तवाद,कृपावाद,लागू गर्नु भयो र रुहि कराई छोरीलाई उपमेयर बनाउनु र जिताउनु पनि भयो,ज्वाईलाई तपाईंको नोकर जनताको पैसा लुट्ने लुटेरा र तपाईं हरुले भागबन्डा लगाएर खाने भाडो बनाउनु भयो।तपाईंहरुका छोराछोरीलाई रोजगार नआएर कस्का छोराछोरीलाई आउला।तपाईंलाई चुनाव जिताएपछी जनताका छोराछोरी झोला बोकेर india,दुबै,कतार,मलिसिया,जान्छन,तपाईंको ५कक्षा पास गरेका छोराछोरी भने बि.एड पासको बराबरि काम गर्न सक्छ रे बि.एड पास गरेकालाई काम गर्न सक्दैन भनेर हटाउनु हुन्छ किन?सासद ज्यु?तपाईं त दलित मुक्ति मुर्चा आन्दोलन उभिको मान्छे पनि देखीएको पनि तर आज सम्म पनि उहीँ २००७ साल जस्तो अनुभूति किन गाउँघरमा भैरहेको छ।तपाईं त १० बर्षको जनयुद्धमा हिडेर आएको ब्यक्ती आज पनि किन यो देशमा छुवाछूत किन हुँदै छ कम्रेड किन नेपाल सरकार बोल्न मान्दैन?किन बोल्दैन प्रदेश? अलिकति १० बर्षको याद आउदैन?किन आउनु त मठमन्दिर जलाउदै हिड्ने,प्रचण्डको श्रीमतीलाई त सुनपानी भएको ठाउमा नुहाउन लैजान्छन भने तपाईं पनि के मुर्चा समाल्नु हुन्छ महिला कि दलित??जनताको समस्या के नै हल गर्नु हुन्छ र,तपाईं भनेको सबै भन्दा घृणित पात्र हुनुहुन्छ ।
सबै ठाउठाउँमा बिजुली आयो हाम्रोमा कहिले हो कहिले,सबै ठाउँमा झिल्लिमिल्ली हुन्छ हाम्रो ठाउमा भने अझैसम्म उहीँ पहिलेकै सिस्टम छ जस्तैः द्यालो बाल्ने,एकायौ शदाप्दी भन्छन,हाम्रोमा आएकै छैन कहिले हो कहिले चोला फेर्ने? सबै ठाउमा टावरले काम गर्छ हाम्रो नगरपालिकामा गर्दैन।सबै ठाउमा 4G जडान भएकै छ। हाम्रो आठबिसकोट नगरपालिकामा हाल्त भने एस्तो डाडामा हुदा 3G गाउँमा जादा 2G घर भित्र हुदाemergency call हुन्छ। खै रातो कामी खै सन्देश केसि कहिलेकाही कता जान्छ बिजुलिको बजेट रातो कामी तिर। खै कता जान्छ 4G जडान सन्देश तिर बोर हुदा ईन्टरनेटमा जान मन लाग्छ होला,अब तिम्रो श्रीमतीको जुम्रा मार्दै बस खै तिम्रा कानुन कता छन।
- अमुल्य राज बिश्वकर्मा उपाध्यक्ष युवा संगठन नेपाल रुकुम