लिम्पियाधुरा समेटेर सरकारद्वारा नेपालको नयाँ नक्सा जारी
सरकारले काली नदीको मुहान लिम्पयाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ ।
यसअघि लिपुलेक र कालापानी क्षेत्र भएको मात्र नक्सा प्रयोगमा आएकोमा विरोध हुँदै आएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सीमा लिम्पियाधुरासहितको नक्सा जारी गरेको हो ।
भूमिसुधार मन्त्रालयले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भएको नक्सा बनाएर पेश गरेको थियो । सो नक्सालाई सरकारले जारी गर्ने निर्णय गरेको हो ।
हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा हस्तक्षेप गरी भारतले तिब्बतको मानसरोबर जाने सडक निर्माण गरेपछि नेपालको लिम्पियाधुरासहितको नक्सा जारी गर्न दबाब परेको थियो ।
नेपाल अंग्रेज युद्धपछि १८१६ मा भएको सुगौली सन्धीमा नेपालको सीमा कालीनदीको मुहान अर्थात लिम्पियाधुरा भएको उल्लेख छ । तर सो क्षेत्र हाल भारतको कब्जामा छ ।
