कमरेड विप्लवको खोजीमा छु-वसन्त चन्द दिवाकर
म यो देशमा एउटा मान्छे खोजि रहेछु समय कम छ,जिन्दगी हतारमा छ,गर्न बाकी धेरै छ।यसको बिचमा पनि वैज्ञानिक समाजवाद-साम्यवाद मानवजातिलाई बर्गविहिन,जातिविहिन,राष्ट्रविहिन,धर्मविहीन,स्वतन्त्र,समान,शान्त,वैज्ञानिक र समृद्ध दुनियाँमा पुर्याउनको लागि हरपल हरबखत सोचिरहने जो क्रान्तिकारी एक योद्धाको खोजिमा छु म।
जनताको संघर्षले समाजलाई रुपान्तरणको नजिक पुर्याउँदा नेतृत्वले आत्मसमर्पण गर्ने प्रवृति विश्वका अन्य मुलुकहरुमा झैँ नेपालमा पनि देखापर्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्न साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु सफल भए।श्रमिकवर्ग,मजदुरवर्ग,किसानवर्ग,र समाजमा विभिन्न ढंगबाट शोसन दमनमा परेर बर्बाद भएका सर्वहारावर्गको हित चहाने साहासि ब्यक्तिको आवश्कता खड्कि रहेको छ।
नेपालमा नयाँ जनवादी क्रान्ति तथा वैज्ञानिक समाजवादको स्थापनाबिना तथा जनताका सम्पूर्ण अधिकारहरु पुर्ण रुपले स्थापित नगरिकन देशले न स्वाधीनता प्राप्त गर्न सक्नेछ न देश भित्र विद्यमान राजनीतिक तथा आर्थिक समस्याहरुको समाधान हुन्छ !यसर्थ नेपालमा फेरि क्रान्तिको सुनामी आउन जरुरी छ।गरिब जनता आज एक मुठ्ठी गासँको लागि मरिहत्ते गरिरहदा पनि देशको कम्युनिस्ट सरकार दुइतिहाइको दम्ब गर्ने सरकार अन्धो भएको छ।जब सम्म जनताले गासँ,बासँ,कपासको ग्यारेन्टी पाउदैनन् तबसम्म क्रान्तिको झन्डा उठाउने ब्यक्ति र ब्यबस्थाको खाचो छ।
आज जसरी क्रान्तिकारी संघर्षको प्रक्रियामा जनता,क्रान्ति,देशप्रती प्रतीबद्व नेताकार्यकर्ताको पंक्ति तयार हुदै गएको छ,जनताको मुक्तिका लागि कठिनाइहरुको सामना गर्ने क्रान्तिकारी प्रवृतिको बिकास हुदै गएको छ सायद यो नेपाल र नेपाली जनताको लागि उज्यालो भबिष्यको संकेत हो।हजार भेटिन्छन भेटिनत यहाँ बोल्नेहरु तर मुख मात्र खोल्नु र दिल खोलेर बोल्नु मा केही अन्तर हुन्छ पक्कै पनि!यो सरकारको हुति त देखिसेको छ,के बाकि छ र भ्रष्टाचार,बलत्कार,हत्या,हिन्सा,दलालि,तस्करी,चोरफटा,गुण्डागर्दि यहि सरकारबाट भैरहेको छ भने यसको ढाकछोप पनि यहि सरकारबाट केही समय यता देशको सिमा स्थित लिपुलेख तथा लिम्पियाधुरा भातरले मिचिरहेको छ भने यमसिसि पारितको पनि हल्ला चलिरहेको छ,विश्व मानवजातिलाई धोस्त पार्ने गरि आएको कोराना भाइरस यतिबेला नेपालमा पनि दिनप्रतिदिन बढ्दै छ सरकार मौनतामा हराएको छ।
यसर्थ आज सम्म सत्तामा पुगेका पार्टी र सरकारका कामकारबाहीबाट स्पष्ट भइसकेकोछ कि सरकार देश र जनताको हित बिपरित छ।दलाल संसदीय ब्यबस्थाको अन्त्य गरि जनताको जनवादी ब्यबस्था बैज्ञानिक समाजवादि ब्यबस्था ल्याउ खोजि रहने मान्छे जो हजारौं चुनौति,संघर्ष र लक्ष्यसगँ कहिल्यै नहारेको एउटा साहासि योद्धा क.विप्लव को खोजिमा छु म।
-
अखिल क्रान्तिकारी रुकुम पश्चिम,उपाध्यक्ष वसन्त चन्द(दिवाकर)