कावासोतीमा ८२ बर्षीया महिलाको शंकास्पद मृत्यु


कावासोती, १७ जेठ । पूर्वी नवलपरासीको कावासोती ८ शितल चोकमा शनिबार ८२ बर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ ।
घरमै लडेर गम्भीर घाइते भएको भनिएक ८२ बर्षीया महिला यशोदा अधिकारीको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको छ ।
उनको शव पोष्टमार्टम गरी प्रहरीले आफन्तलाई जिम्मा लगाइसकेको भए पनि घटना संकास्पद रहेको नवलपुर प्रहरीले जनाएको छ ।
शनिबार विहान उनी घाइते भएको भन्दै उनका आफन्तले उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोती लगेको थियो ।
प्रहरीले उनको लडेर मृत्यु भएको नभई धकेलेर चोट पुर्याइ निधन भएको आशंकामा अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले घटनामा संम्लग्न रहेको आशंकामा मृतक आफन्तहरुलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने कार्य अगाडि बढाएको छ ।



सम्बन्धित
Loading...