अंगिरा पासीको हत्याको घटना प्रति नगर बाल सञ्जाल देवदहले गर्यो कडा र्कावाहिको माग
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ भएको किशोरीको बाल बिवाह पछी हत्याको प्रकण प्रति नगर बाल सञ्जाल देवदहले खेद प्रकट गरेको छ ।
जारी बिज्ञप्ती मार्फत देवदहमाभएको किशोरीको अंगिरा पासीको हत्याको घटना प्रति खेद प्रकट गरेको हो । सञ्जालकी अध्यक्ष दिया न्यौपाने सचीव राहुल सापकोटा सल्लाहकार बबिता भट्टराई गोपाल प्र भण्डारी द्वार जारी गरेको बिज्ञप्तीमा १३ बर्षिय दलित बालिकालाई ललाई फकाई गरि बलत्कार गर्ने र बलात्कार पछि मृत्यु वरण गर्न बाध्य बनाउने स्थानिय जनप्रतिनिधि तथा समाज सेवीले गरेको निर्णय प्रति खेद प्रकट गरीएको छ । जर्बजस्ती करणी पश्चात अबोध बालिकाले ज्यान गुमाउदा सरोकारवाला निकायले गम्भिरता पुर्वक नलएिको भन्दै सञ्जालले आपत्ती जनाएको हो ।
संञ्जालले दोषी उपर तत्काल कानुनी कार्वाहि गर्न माग गर्दै बाल अधिकारको सुनिश्चिता र सम्मान गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ ।