नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीलाई प्रदेश ५ सरकारले दियाे पाँच लाख रूपैयाँ
परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीलाई प्रदेश ५ सरकारले पाँच लाख रूपैयाँ प्रदान गरेकाे छ ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाकाे पहलमा प्रदेश सरकारले ५ लाख रुपैयाँ उपलब्ध गराएकाे शाखा अध्यक्ष हरि शर्माले बताए।
सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री माननीय बैजनाथ चौधरीको प्रयासमा प्राप्त उक्त रकम महासंघको रङ रोगन, कम्प्यूटर खरिद, कार्पेट, सोफालगायत कार्यालय सञ्चालनमा खर्च गरिने छ । महासंघले उक्त काम बुधबारबाट सुरु गरिसकेको समेत जानकारी गराईएकाे छ ।