नवलपुरमा आज पाँच जनामा कोरोना संक्रमण देखियाे, नवलपुरमा संक्रमितकाे संख्या २२
खगेन्द्र पराजुली,
२६ जेठ, नवलपुर । नवलपुरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको आधिकारीक फेसबुक पेजबाट पहिलो पटक सार्वजनिक गरिएको फेसबुक प्रत्यक्ष प्रसारणमा नवलपुरका एक महिला सहित ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नवलपुरका कुन कुन ठाउँका भन्ने नखुलाएपनि ६३ वर्षीय महिला र ३३, ३९, २१ र ४० वर्षीय ४ जना पुरुष रहेका छन् ।
यो सँगै नवलपुरमा संक्रमितको संख्या २२ पुगेको छ । नवलपुरमा एक जना निकाे भएर फर्किएका छन् ।