बाबुद्वारा छाेराकाे हत्या


५ जनाको सामुहिक हत्या भएको २४ घण्टा नपुग्दै रुपन्देहीमा फेरि अर्को बिभत्स हत्या भएको छ ।



रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको बन्चरो प्रहार गरि हत्या गरिएको छ ।

गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई आफ्नै बाबुले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिनु भयो ।




गए राती करिव एक बजे आसपास सुति रहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी गम्भिरघाईते बनाएको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाइ बिहान तीन बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरियो ।

बाबु रिन बहादुर कुमाललाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको एसपी थापाले बताउनु भयो ।

स्थानीयका अनुसार मृतक चैतको पहिलो साता भारतबाट फर्केका थिए ।



सम्बन्धित
Loading...