कोरोना, कृषि क्षेत्रको अवस्था र सम्भाव्यता




डा. रुपक कंडेल – 

डिसेम्बर २०१९, चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसको संक्रमण बाट कोहि पनि अछुतो रहन सकेनन् ! न कुनै क्षेत्र, न कुनै सम्प्रदाय , न कुनै जात, न कुनै धर्म…अहं यसको असर दिन दुई गुणा रात चौगुणा बढ्दै गएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट हालसम्म विश्वका करिब पौने ५ लाख मानिसहरुले ज्यान गुमाईसकेका छन् भने लगभग ९० लाख जनसङ्ख्या यसको सिकार भइ सकेका छन्।




विश्वमा शक्तिशाली र विकसित राष्ट्रमा समेत यसको संक्रमण द्रुत गतिमा फैलिरहेको छ र आगामी दिनमा यो महामारीले कस्तो रुप लिने हो भन्ने झन् बढी चिन्ताको विषय बनेको छ । मानिसहरूको दैनिकी अस्तव्यस्त भएको छ । विश्वका अधिकांश मुलुकको आर्थिक वृद्धिदरमा भारी गिरावट आउन सक्ने चेतावनी विश्ववैंकले दिइसकेको छ। यो अवस्थाबाट नेपाल पनि अछुतो भने पक्कै रहने छैन । एक कृषिप्रधान देश, यसै त आर्थिक क्षेत्र पछाडि रहेको अवस्थामा यो महामारीको असर प्रत्यक्ष रूपमा परिरहदां हाम्रो देशको आर्थिक ह्रासले देश १० वर्ष पछाडि धकेलिने निश्चित प्रायः छ ।

नेपाली अर्थतन्त्रको अधारस्तम्भका रूपमा रहेका कृषि, पशुपालन, पर्यटन, व्यापार, उद्योग लगायतका क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। यो संगै शैक्षिक क्षेत्र,यातायात, हवाई उडान पनि पुर्ण रुपमा ठप्प छन् । मुलुक विगत ३ महिनादेखि बन्दा बन्दीको अवस्थामा छ । ज्याला मजदुरी गरेर छाक टार्ने आम जनसमुदायलाई कोरोनाको भन्दा पनि भोकमरीको डर बढ्दै गएको छ ! यो महामारीले हाम्रो जस्तो विकासोन्मुख मुलुकमा अझ कस्तो विकराल रुप लिने हो कसैले अनुमान सम्म लगाउन सकेका छैनन् ।

 

एक त महामारीको चिन्ता अर्को वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमा स्थापित गर्नु, मुलुकमा रहेका युवा जनशक्तिलाई रोजगारीमा संलग्न गराउनु , अस्ताएको पर्यटन व्यवसायमा नवकिरण छर्नु, तथा अन्य उद्योग, व्यापार, शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा चलाएमान बनाउन निकै चुनौतीपूर्ण रहेको छ । त्यसै गरी कृषि क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ । उत्पादित खाधान्नवस्तु, तरकारी, फलफूलको उपयुक्त बजार नहुनु, लागत अनुसारको मूल्य कायम नहुनु जस्ता समस्या ले गर्दा एकातिर उत्पादित वस्तु खेर गइरहेको छ भने अर्कोतर्फ उपभोक्ताहरू महँगीको चपेटामा परेका छन् ।

 

एक त महामारीको चिन्ता अर्को वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमा स्थापित गर्नु, मुलुकमा रहेका युवा जनशक्तिलाई रोजगारीमा संलग्न गराउनु , अस्ताएको पर्यटन व्यवसायमा नवकिरण छर्नु, तथा अन्य उद्योग, व्यापार, शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा चलाएमान बनाउन निकै चुनौतीपूर्ण रहेको छ । त्यसै गरी कृषि क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ । उत्पादित खाधान्नवस्तु, तरकारी, फलफूलको उपयुक्त बजार नहुनु, लागत अनुसारको मूल्य कायम नहुनु जस्ता समस्या ले गर्दा एकातिर उत्पादित वस्तु खेर गइरहेको छ भने अर्कोतर्फ उपभोक्ताहरू महँगीको चपेटामा परेका छन् ।

यस्तो अवस्थामा सरकारद्वारा “कृषि मुलश्च जीवनम्” भन्ने कुरालाई आत्मसात गर्दै कृषि र पशुपालन क्षेत्रका लागि विशेष कार्यक्रम तथा योजनाहरू ल्याउनु पर्ने देखिन्छ ।
-योजना तथा बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राख्ने ।
-कृषियोग्य भूमिलाई पूर्णरूपमा उपयोग गर्ने सम्बन्धी नीति ल्याउने।
-कृषिलाई आधुनिकीकरण र विविधीकरण गर्ने।
-कृषि औजारको मुख्य उपजको रूपमा रहेको विउविजन तथा रासायनिक मललाई सहजीकरण गर्ने।
– पशुपालनका लागि सुलभ दरमा सहज तरिकाले ऋणको ब्यवस्था मिलाउने ।
-पशुपालन र ब्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री, उपचारका लागि चाहिने औषधि, भ्याक्सिन आदि सर्वसुलभ तरिकाले सहज गर्ने ।
– पशुपालनका लागि आवश्यक घांसको विउविजन सहज बनाउने ।
-कृषि कर्जालाई सहुलियत ब्याजमा उपलब्ध गराउन वित्तीय संस्थासँग सम्झौता गर्ने।
-विद्यालय तथा विश्वविद्यालय स्तरमा कृषि प्राविधिक शिक्षालाई अनिवार्य गर्ने।
-रासायनिक मल (युरिया, डिएपी, पोटास) लाई स्वदेशमै उत्पादन गर्न लगानी मैत्री वातावरण निर्माण गर्ने।
-कृषि बाली र पशु बिमालाई अनिवार्य गर्ने।

मुलुकमा कोभिड १९ को प्रभावले गर्दा निकट भविष्यमा खाद्यसंकटको अवस्था अउनसक्ने प्रबल सम्भावना रहेको छ। विगत वर्षको तथ्याङ्क हेर्दा करिब ७१ अर्व को खाद्यान्न नेपाल भित्रिएको छ, भने विउविजन तथा मल समेत भारत, बङ्गलादेश, भुटान जस्ता मुलुकबाट इम्पोर्ट गर्नु पर्ने अवस्था छ । समयमा नै कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक नीति कार्यक्रम तर्जुमा गरि मानिसलाई कृषि र पशुपालन तर्फ आकर्षित गर्न सकेमा मात्रै यो अवस्थालाई केही न्यूनीकरण गर्न सकिने छ । रासायनिक मलको उद्योग स्वदेशमा स्थापना गर्न सकेमा ठुलो सङ्ख्यामा रोजगारी सृजना हुनुको साथै ठुलो रकम बाहिरिने समस्यासमेत हल हुन सक्छ । यस्ता कृषि सामग्री (विउविजन तथा मल) लाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सकेमा कृषि उत्पादनमा वृद्धि भई मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै अर्थतन्त्रमा समेत योगदान हुन सक्छ ।

करिब ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको हाम्रो देशमा कृषि कै माध्यमबाट आर्थिक क्षेत्रमा फड्को मार्न सकिने सम्भावना लाई जीवित राखि कृषकको मनोवल उच्च राख्ने कार्यमा सरकार, सरोकारवाला र अन्य संघसंस्था अग्रस्र भएर आधुनिक र ब्यवसायिक कृषिका लागि हातेमालो गर्न सकेमा नेपाली अर्थतन्त्रमा उल्लेख्य टेवा पुग्न सक्छ ।

  • कावासोती, नवलपुर –


सम्बन्धित
Loading...