कैलालीको पहलमानपुर लालबोझी सडकको अवस्था डर लाग्दो
कैलालीको पहलमानपुर–लालबोझी सडक खण्डको अवस्था कहाली लाग्दो भएको छ । धेरै वर्ष सम्म मर्मत नगरिए पछि पहलमानपुर–लालबोझी सडक खण्ड कहाली लाग्दो अवस्थामा पुगेको हो । सडकको अवस्था कहाली लाग्दा भई सक्दा पनि मर्मत संभार हुन सकेको छैन ।
पछिल्लो समय उक्त सडक खण्ड जीर्ण बन्दै गएको छ । सडकमा साना, ठूला खाल्डा परेका छन् । बाटोमा ओहोरदोहोर गर्ने गाडी चालक देखी स्थानियहरुलाई निकै समस्या हुने गरेको छ । ठूला–ठूला मालवाहक टिपर र ट्याक्टरहरु दैनिक सयको संख्यामा आवातजावात गर्दा उक्त सडकको धेरै ठाऊँमा साना ठुला खाल्डा परेको घोडाघोडी नगरपालिका ११ का प्रकाश बुढाले बताए ।
सडकमा साना ठुला खाल्डाखुल्डी हुँदा आफ्ना साना साना बालबालिका डुब्ने हुन कि भन्ने चिन्ताले सताएको स्थानीय उनको भनाई छ । पहलमानपुर–लालबोझी सडक खण्डमा दैनिक रुपमा यातायातका साधान घण्टौ सम्म फस्ने गरेका छन् । घोडाघोडी नगरपालिका १०,११ र १२ जोड्ने यो सडक खण्डको हालत कहाली लाग्दो अवस्थामा पुगेको छ ।
उक्त सडक खण्डमा कयौँ यातायतका साधनहरु ओहोरदोहोर गर्ने गरेका छन । जसले गर्दा बाट दिन प्रति दिन कहाली लाग्दो हुदै गएको छ । यस बाटोमा ओहोर दोहोर निकै समस्या हुने गरेको वडा नम्बर ११ का स्थानिय बासी बुधराम कठरियाले बताए । पहलमानपुर–लालबोझी सडक मा ओहोर दोहोर गर्ने यात्रुहरुले रुनु पर्ने अवस्था छ ।
यात्रुहरु भनेको समयमा गन्तब्यमा पुग्न पनि सकेका छैनन् । अटो,एम्बुलेन्सका लगयतका साधन हरु जान मानिरहेका छैनन् । सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएको स्थानीय पहाडी लाल कुश्मीले बताए । बाटोको यस्तो दुर्दशा भइ वडा अध्यक्षलाई पटकपटक जानकारी गराउदा समेत सुनुवाइ नभएको दुखेसो पोखे ।
घोडाघोडी नगरपालिका नगरपालिकाले पहलमानपुर – लालबोझी सडक खण्डमा मर्मत गर्नको लागि कोटेसन मार्फत जेवि निर्माण सेवा पहलमानपुरलाई ५ लाखको ठेक्का दिएको छ । बिहीबार देखि काम सुरु गरेको जेवि निर्माण सेवाले जनाएको छ । लालबोझी सडकखण्ड को लागि शहरी विकास मन्त्रालयले उक्त सडकको लागि ३० करोड विनियोजन गर्ने भने अहिले सम्म विनियोजन भएको छैन ।
सडक निमार्णको लागि नगरपालिकाले डिपिआर तयार गरि सहरी विकास मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई बुझाएपनी अर्थ मन्त्रालयले अहिले सम्म कुनै प्रकृया अगाढी बढाएको छैन् ।