धनगढीमा दुबईबाट फर्किएर होम क्वारेन्टिनमा बसेका युवकमा कोरोना पुष्टि


कैलाली : धनगढीमा होम क्वारेन्टिनमा बसेका एक युवकमा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ३१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनको २१ जुनमा युएईको दुबईबाट उद्धार गरिएको थियो।



धनगढीमा भएको परीक्षणमा ति युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।




‘एक दिन काठमाठौँमा राखेर दास्रो दिन धनगढी पठाईएको थियो,’ संक्रमित पुरुषले दिनेश खवरलाई भने, ‘९ दिन नवदुर्गा स्कुलको क्वोन्टिनमा बसेको थिए। आरडिटी नेगेटिभ देखाएपछि घर फर्किएको थिए।’ उनले अहिले घरमै सतर्कता अपनाएर बसिरहेको जानकारी दिए।



सम्बन्धित
Loading...