पीसीआर खरिदको टेन्डरमा अनियमितताको आशंका, अख्तियारमा उजुरी
कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने आरटी–पीसीआर मेसिन खरिद टेन्डरमा अनियमिता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले अनुसन्धान गर्ने भएको छ। सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार बनाएर अख्तियारले उजुरी कायम गरी अनुसन्धान गर्ने भएको हो।
आयोगको कञ्चनपुुर कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयले सामाचारको आधारमा उजुरी कायम गरेको बताउँदै छिट्टै अनुसन्धान थालिने जानकारी दिए।
सार्वजनिक खरिद ऐन अनुसार कम मूल्यमा वस्तु उपलब्ध गराउने टेन्डरलाई ठेक्का दिनुपर्नेमा बढी मूल्य कबुल गर्ने सरकारी कागजात कीर्ते गरी टेन्डर हत्याउँदै आएका अभियुक्त तथा व्यवसायी दृष्यन्त बस्नेतलाई आपूर्ति व्यवस्थापन केन्द्रले ठेक्का दिएको छ।