पूर्वी नवलपरासीमा आज एकै दिन ४९ जनाले काेराेना जिते


पूर्वी नवलपरासीमा अाज एकै दिन ४९ जनाले काेराेना जितेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप ४९ जना कोरोना संक्रमित निको भएका हुन् । देवचुली नगरपालिका १६ रजहरस्थित कोरोना बिशेष अस्थायी अस्पताल (सामुदायिक प्राकृतिक चिकित्सालय)मा रहेका दुईसय संक्रमित मध्येबाट ९१ जनाको स्वाव पोखरा प्रयोगशालामा पठाइएकोमा ४९ जनाको नतिजा नेगेटिभ आएको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए । निको हुने मध्ये एकजना भने तनहुँको देवघाट १ का २३ बर्षका पुरुष रहेका छन् । उनलाई गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानको आग्रहमा सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको थियो ।



यसअघि नवलपरासी पुर्वमा ५६ जना कोरोना संक्रमित निको भएका थिए । आज थपिएका ४९ सहित अब नवलपरासी पुर्वमा कोरोनाबाट निको हुनेको संख्या १०५ पुगेको छ । आज निको भएका ४९ जना मध्ये मध्यबिन्दु नगरपालिकाका १७ जना, बिनयी त्रिवेणी गाउँपालिकाका ३ जना, बौदीकालि गाउँपालिकाका २२ जना, बुलिंगटार गाउँपालिकाका १ जना, गैंडाकोट नगरपालिकाका २ जना, देवचुली नगरपालिकाका १ जना र हुप्सेकोट गाउँपालिकाका २ जना रहेका छन् । साथै तनहुँ देवघाटका १ जना रहेका छन् ।



सम्बन्धित
Loading...