वाढीले डाइभर्सन बगाउँदा, नवलपरासीमा पूर्वी पश्चिम लोकमार्ग अवरुद्ध


नवलपरासी, २७ असार । पूर्वी नवलपरासीमा बाढीले सडकको डाइभर्सन बगाउँदा पूर्वीपश्चिम लोकमार्ग अवरुद्ध भएको छ । शनिबार विहानदेखि सडक अवरुद्ध भएको हो ।



बिहीवारदेखि परेको वर्षाले पूर्व पश्चिम राजमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि वाटो अवरुद्ध भएको छ ।

अहिले नारायणगढ बुटवल सडक खण्ड चार लेनको बनाउने कार्य चलिरहेको छ । सोही क्रममा राखिएको अस्थायी डाइभर्सन वाढीले बगाइदिएको हो । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार राति ४ बजेदेखि वाटो अवरुद्ध छ ।




अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतका लागि काम शुरु गर्न थालिएको भए पनि सडक खुल्न घण्टौं लाग्ने बताइएको छ । यस अघि पनि वाटो साघुरो भएको भन्दै नयाँ कल्भर्ट हालिएको थियो । उक्त समय पनि धेरै घण्टा जाम परेको थियो ।

अहिले नारायणगढ बुटवल सडक खण्डको ठाउँठाउँमा डाइभर्सन गराइएको छ । डाइभर्सन बाढीले बगाउँदा ठाउँठाउँमा सडक अवरुद्ध हुने गरेको छ ।

अहिले विरामीका लागि भरतपुरबाट एम्बुलेन्ससँग सहकार्य गरि विरामीलाई अस्पताल पु¥याउने बातावरण मिलाईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

https://www.youtube.com/watch?v=cUdjrmCY1SY

बाटो अवरुद्ध भएसंगै सवारी साधनको लाम लागेको छ ।

बाटो अवरुद्ध भएपछि विरामी ओसार्न तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । पश्चिमबाट एम्बुलेन्समा आएका विरामीलाई बोकेर खोला पार गरी अर्को एम्बुलेन्समा लैजान भन्दै तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरी इन्स्पेक्टर थापाले जानकारी दिए।



सम्बन्धित
Loading...