नगरस्तरिय बाल सञ्जाल द्वारा दोषिलाई कडा कार्बाहीको माग
खगेन्द्र अबस्थि
कैलाली
आफ्नै दुई छोरी बलात्कार गर्ने दोषीलाई कडा कार्वाहीक माग
कैलालीको घोडाघोडीमा १४ र १६ वर्षीय दुई कीशाेरी माथी आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती नगर स्तरीय बाल सञ्जाल घोडाघोडीकाे गम्भीर ध्यानाकर्षण सहितको प्रेस वीज्ञप्ती निकालीएको छ । इलाका प्रहरी कार्यलय सुखडमा शनीबार बिहानै घटना पुगेपनी प्रहरीले संरक्षक नभएको भन्दै मुद्दा दर्ता नगराएको र आरोपीत व्यक्ती शनीबार साझ सम्म पनी फरार रहेकोले इलाका प्रहरी कार्यलय सुखड प्रती पनी घोर आपत्ती जनाइएको छ । यस्तो दानबयि प्रवृत्तिलाई हरेक बालबालीका र सिङ्गाे मुलुकले नै तीरस्कार गर्दै घटनाको सत्य, तथ्य पत्ता लगाइ उक्त घटनामा संग्लन्न अपराधीलाई हदैसम्मको कानुनी कार्वाहीका लागी प्रहरी प्रशासन, न्यायलय र सरकारसंग नगर स्तरीय बाल सञ्जाल घोडाघोडीले जोडदार माग गरेको छ । साथै पीडित किशाेरीहरु लाई उचित न्याय, क्षतपिूर्ती, स्वस्थ्य परिक्षण, उनको सामाजिक सुरक्षा, मनोसामाजिक परामर्श र उनको सम्मानमा विशेष ध्यान दिन पनी सम्बन्धित निकाय समक्ष नगर स्तरीय बाल सञ्जाल घोडाघोडिले अनुरोध गरेको छ।