नेपालमा कोरोना भाइरस: आफैमा एक समस्या र समाधान
- नारायण विर खत्री –
कोरोना भाइरस सन् २०१९ डिसेम्बरमा चिनको बुहान सिटीबाट प्रथम पटक मानिसमा सरी हाल विश्वभरि नै एक विनाशकारी महामारीको रुपमा फैलिएको छ । विश्वका सानादेखि ठुला जुनसुकै राष्ट्र पनि यस महामारीवाट अछुतो रहन सकेका छैनन् । विश्वभरी विनाशकारी रुपमा फैलिएको यस कोरोनाभाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ को संज्ञा समेत दिइएको छ ।
यस भाइरसलाई केही वैज्ञानिकले जनावर तथा चराचुरुङ्गीको माध्यमबाट उत्पन्न भएको भन्ने अभिव्यक्ति जारी गरेको छन् भने केहीले सामुन्द्रिक तटका जनावरवाट सरेको भनाई पनि प्रस्तुत गरेका छन् तापनि आजसम्म यसको सम्बन्धमा प्रमाण र तथ्य यकिन गर्न सकेका छैनन् । स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशहरु पनि यस भाइरसरको संक्रमण पश्चात हुने रोगको उपचारमा सफल भएको दैखिएको छैन । यस कोरोना भाइरस आनुंवशिंक संरचना आरएनए (RNA) भएको भाइरस अर्थात विषाणुको समुहलाई कोरोना भाइरसको नामाकरण गरेका थिए ।
नोबेल कोरोना (@)!(–nCoV) भाइरस सन २००२ मा चीनमै फैलिएको SARs र सन २०१२ मा मध्यपूर्वको MERs र कोरोना भाइरसभित्रकै समूहहरुको एउटा ठूलो सदस्य हो जुन जनावर र मानिसबीच सर्ने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसले ज्वोरो, रुघाखोकी लाग्नुका साथै फोक्सोको सङ्क्रमण गराई निमोनिया निम्त्याउँछ । केवल यो भाइरस केही घण्टाभन्दा बढी हावामा बाँच्न सक्दैन । यसको ऊष्मायन अवधि अज्ञात भए पनि मोटामोटी रूपमा लगभग १ देखि १४ दिन बीचको अनुमान गरिएको छ । कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो तर अहिले आएर यो नयाँ प्रकार पत्ता लागेसँगै यसको सङ्ख्या ७ पुगेको छ ।
अहिले यो रोग विश्वका साथै नेपालमा समेत एक आफैमा समस्या र चुनौती देखा परेको छ । यसले एकातिर समस्या देखाएको छ भने अर्को तिर देशको सामाजिक, आर्थिक क्षेत्रमा देश भित्रबाट नै समाधान खोज्नुपर्ने अवस्था जन्मिएको छ । समस्या यस नोवेल कोरोना भाइरस एक तेस्रो विश्वयुद्धको रुपमा फैलिएको छ, जसले विश्व अर्थतन्त्र, विश्व व्यापार पर्यटन, शिक्षा लगायत अन्य थुपै पक्षमा प्रभाव पारेको देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यस भाइरसको अन्त्य कहिले हुने भन्ने मिति तय गर्न नसकिने र यस भाइरसको सामना गर्दै अघि बढनु पर्ने देखिन्छ ।
यसै गरी नेपालमा पनि कोरोना भाइरस एक विशाल समस्याको रुपमा रहेको छ । कोरोनाको औषधी पत्ता लागि नसकेको अवस्थापमा विश्वव्यापी रुपमा नै यसको असर कम गर्ने उपायको रुपमा आइसोलेसन (चिकित्सकको निगरानीमा अलल्गै वस्ने) ,लकडाउन र क्वारेन्टाइनलाई लिएको छ र विश्व स्वास्थ्य संगठनले संसारभर नै सतर्कता अपनाउन जरुरी रहेको चेतावनी जारी गरीसकेपछि नेपालले पनि केहि सर्तकता अपनाउन थालेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७६ साल चैत्र ११ गते पन्ध्र दिनका लागि लकडाउन घोषणा गरेको थियो । र हाल सम्म लकडाउनको अवधिमा विस्तार गर्दै गई हाल जेष्ठ २० सम्मलाई लकडाउनको अवधि तोकिएको छ । नेपालमा लकडाउन सुरु गरे लगतै स्कुल, कलेज, कारखाना, अफिस, व्यवसाय तथा कार्यालयहरु वन्द छन् । यसको प्रत्यक्ष असर उत्पादन तथा रोजगारीमा परेको छ ।
नेपालमा कोरोना भाइरसको प्रवेश निरन्तर रुपमा बढदो रहेको छ । कोरोना रोकथामका लागि आवश्यक पर्ने साम्रगी केहि मात्रा आयात गरेका भएतापनि अपुग अवस्थामा रहको छ । साथै यस्तो विषम परिस्थितिमा पनि कोरोनाको उपचार र रोकथामका लागि ल्याइएका औषधी, किट, र अन्य सामग्रीमा भष्ट्रचार समेत भयो । त्यसकारण यस कार्यको जिम्मा नेपाल सरकारले नेपाल आर्मिलाई सुम्पियो । नेपाल आफैमा एक गरिबि राष्ट्र हो । करिव तिस लाख मानिस अन्य मुलुक रोजगारीको सिलसिलमा रहेको कुरा यथार्थ छ । नेपालको प्रमुख आय स्रोत भनेको नै रेमिटान्स रहेको छ । तर वर्तमानमा कोरोनका कारणले गर्दा यी सबै कुरामा ह्रास आएको छ । र विदेश वस्ने नेपाली हरुले रोजगारी गुमाउनु पर्ने र विदेशी भुमीबाट नेपाल फर्कने जनमानसको व्यस्थापन गर्नु नै नेपालका लागि प्रमुख सम्सया रहेको छ । विश्व वैंकका अनुसार कोरोनाका कारण यदि ६ महिना मात्र बैदेशिक रोजगारी गुम्यो भने नेपालले चार खर्ब वरावरको लागत वेर्होनु पर्ने अवस्था छ । नेपालमा रहेको सम्पुर्ण उधोग व्यवसाय, पयर्टन बन्दावन्दिको अवस्थामा छन् ।
नेपालको अर्थतन्त्रलाई नियाल्दा हाल सम्म ३ वर्ष पछाडि धकेलिएको छ । नेपालमा २१.६ प्रतिशत मानिस गरिविको रेखामुनी रहेको छन्, कोरोनाको कारण यस्तो विकराल अवस्थामा आफनै दैनिक गुजारा गर्न समेत धेरै जनसमुदायलाई धौ धौको स्थिति सिर्जना भएको छ । सरकारले राहतको नाममा ५ केजी चामल बाँडदै लकडाउनको स्थिति सिर्जना गर्दा अबका दिनमा भोकमरीको अवस्था सिर्जना नहोला भन्न सकिन्न । कोरोनाको विकराल अवस्थाको समस्या सगैँ मानिस आफैमा समाधानको बाटो सिर्जना भएको छ । समाधान ः अहिले विश्व नै कोरोना भाइरसको कारण लकडाउन को अवस्थामा रहेको छ । जसले विश्वको साथै नेपालको प्राकृतिक वातावरको प्रदुषणमा कमी आइ मानिसको प्रकृति माथिको अधिपत्य अनत्य भएको छ । वर्तमान प्रवृतिलाई नियाल्ने हो भने मानिसमा स्वास्थ्य प्रति सचेतना बढदै गएको छ । मानिसमा आफु गाऊँटोल सरसफाईको महत्व दिन प्रतिदिन बढदै गएको छ । नेपालमा मानिसहरु अन्य रोगका कारण मृत्युको शिकार हुने अवस्थामा कमी आएको छ । जुन नै एक प्रकारको स्वास्थ्य सम्स्याको समाधान हो । निकट भविष्यमा मानिसको सबैभन्दा ठुलो धन स्वास्थय नै रहेछ अर्थात मानिसको स्वास्थ्य र जिवननै ठुलो सम्पति रहेछ भन्ने बुझाईमा सकरात्मक परिवर्तन आएको देखिन्छ । वतर्मान कोरोनको महामारीको आंशका पछि असंख्य मानिसहरु गाँऊ फकिएका छन् । हिजो सहरीया लोभ लालचले सहर पसेका व्यक्तिलाई गाऊँ प्रतिको माया बढाएको छ ।
नेपालमा खाधान्नको अभाव र संकट टार्न हिजो बाँझो छोडिएका जमिन आज उपयोगमा आएका छन् । कृषि पेशालाई अवहेलना गर्ने व्यक्तिको मनमा कृषि क्रान्ति जागेको छ । बजारमा गएर विषादी तरकारी, फलफुल लगाएत अन्य खाधान्न किनेर खानु भन्दा घरमा नै उत्पादन गरेको चिजविजको महत्व बढदै गएको छ । कोरोनाकै कारण मानिसमा अनावश्यक खर्चमा कटौति गरि बचत गर्ने बानिको विकास भएको छ । अहिले उहिँ पुरानो गाँउघरमा ति बुढी आमा सगँ वस्दै गर्दा ति नालायक छोराहरुमा आमा प्रतिको माया बढेको छ । विदेशी रहन सहन संस्कृति अगाल्नु भन्दा आफनै देशको रहन सहन सस्कृति अगाल्नु उत्तम रहेको भावना जागृत भएको छ । विदेशमा केही समय कमाएको धेरै धन भन्दा स्वदेशमै निरन्तर कमाएको धननै दिगो रहेछ भन्ने बुझाइ विकास भएको छ ।
आफ्नै राष्ट्रमा नै आफ्नो रगत र पसिना बगाउनु नै मुल्यवान रहेको कुरा स्पष्ट पारेको छ । देश र आफु आत्मनिर्भर र स्वालम्बी बन्न सके जस्तो सुकै परिस्थितिमा पनि झुक्नुपर्दैन भन्ने विचारको सिर्जना गरेको छ । राज्यको आर्थिक, सामाजिक, प्राविधिक पुनंसंरचनाको चिन्तन विकास भएको छ । कोरोनाले मानिसलाई अभावै अभावमा पनि संघर्षरत जिवन जिउन सिकाएको छ । अभिभावकमा घरपरिवारलाई समय दिदा बालबच्चाको भविष्य र इच्छा चिन्न सक्ने शक्ति जाहेर गरेको छ । मानिसले वित्तिय अवस्था नियाल्दै गर्दा खरिद भन्दा विक्रि नै फाइदाजनक मान्न थालेका छन् । विद्यार्थीमा सैदान्तिक शिक्षाको साथै व्यवहारीक शिक्षाको आवश्यकता वृद्वि गरेको छ । अव नेपालले आफैँ देश भित्रनै भाइरसका कारण देखिएका आर्थिक माजिक कुराहरुको समाधान खोजन जरुरी छ । कोरोना भाइरसबाट आफुँ पनि बचौँ अरुलाई पनि बचाऔ ।
- देवचुली ०२, दुमकौली
https://www.youtube.com/watch?v=8Yws_3lVvoY&t=179s
https://www.youtube.com/watch?v=kR6iPKNxL9s
