यदि तपाईं पनि ओछ्यानमा सुत्नु अघि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सावधान हुनुहोस् !
आजकल स्मार्टफोन बिना जीवन अक्सिजन बिना जीवन जस्तै भएको छ। हामी हाम्रो दैनिक जीवनमा स्मार्टफोन धेरै प्रयोग गर्छौं, तर केही चीजहरूमा ध्यान दिन यो उचित मानिंदैन, जसका कारण विभिन्न समस्या देखिने गर्दछ।
प्रायः यस्तो देखिन्छ कि मानिसहरूले स्मार्टफोनको डिस्प्ले ब्राइटनेसलाई फुल गरेर राख्दछन् र सुत्नु अघि ओछ्यानमा पनि स्मार्टफोन प्रयोग गर्ने गर्दछन्, यस्तो बानीले धेरै बेफाइदाहरु ल्याएको छ ।
यस रिपोर्टमा हामी यी विषयहरूको बारेमा जानकारी दिइरहेका छौं।
स्मार्टफोनको उच्च ब्राइटनेस र फोनको निरन्तर प्रयोगको कारण हाम्रो आँखामा नराम्रो प्रभाव पर्दछ। फोनबाट निस्किने प्रकाशले सीधा रेटिनालाई असर गर्छ, जसको कारण आँखा छिटो बिग्रन थाल्छ।
यति मात्र होइन, यस्तो बानिले बिस्तारै हेर्ने क्षमता पनि कम हुन थाल्छ र टाउको दुख्न थाल्दछ।
तपाई दिनभर काम गर्दा आँखालाई राहत हुँदैन र त्यसपछि पनि यदि तपाइँ राती सुत्नु अघि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसले तपाईको आँखा सुख्खापन ल्याउन थाल्छ र आँखा सुन्निने समस्या हुनसक्छ।
लगातार यस्तो भएमा आँखा चिलाउने र आँखा पोल्ने गुनासो उत्पन्न गर्दछ र आँखाको अश्रुग्रंथिमा नराम्रो प्रभाव पार्छ।
लगातार स्मार्टफोनमा हेरिरहने र प्रयोग गरिरहँदा आँखा पानी आउन थाल्छ । फोनमा लामो समयसम्म निरन्तर हेर्दा आँखाका परेलाहरु झिम्किन पाउँदैनन र आँखाले कुनै आराम पाउँदैन। मोबाईलबाट निस्कने किरणहरू आँखाका लागि धेरै हानिकारक हुन्छन्।
स्मार्टफोनको निरन्तर प्रयोगले आँखा झिम्क्याउने प्रक्रियालाई ढिलो बनाउँदछ, जसको कारण आँखाको पुतली र नशाहरु पनि खुम्चिन थाल्छ, जसको कारण टाउको दुखाइ बढ्छ।
यस्तो बानीलाई तपाईँले तत्काल छोड्नुहोस् र ओछ्यानमा हुँदा कहिले पनि स्मार्टफोन प्रयोग नगर्नुहोस् । नत्र भविश्यमा यसले आँखाको ज्योती नै गुम्ने संभावना हुनेछ ।