नोकियाले ल्याउँदैछ नयाँ स्मार्टफोन


सन् २०२० का लागि नयाँ नयाँ स्मार्टफोन बजारमा आउने भएको छ। नोकियाले पाँच स्मार्टफोन बजारमा ल्याउने घोषणा गरेपनि सबैभन्दा पहिला नोकिया ५.३ ल्याउने तयारी गरेको छ।



६४ मेवापिक्सेलको प्राइमेरी क्यामेरा भएको यो फोनमा सेल्फीका लागि ८ मेगापिक्सेलमात्र रहेको छ। त्यस्तै ५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनको डिस्प्ले ६.५ इन्चको छ।

क्वालकमको स्न्यापड्रागन ६६५ चिप रहेको यो फोनमा एन्ड्रोइड १० वन अपरेटिङ सिस्टम रहेको छ। यसमा स्टोरेज र र्‍याममा विभिन्न भेरियन्ट हुनसक्ने बताइएको छ। यद्यपी यसमा इन्ट्री लेभल ४ जिबी र्‍याम र ६४ जिबी मेमोरी हुने छ।



नेपाली बजारमा भने यो फोन कहिले उपब्ध हुन्छ भन्ने एकिन छैन। भारतीय बजारमा यसको सुरुवाति मूल्य १५ हजार भारु हुने अनुमान गरिएको छ।



सम्बन्धित
Loading...