नेपाल आइडल सिजन – ३ को बिजेता बनिन सज्जा चौलागाईं
काठमाडौं । तेस्रो सिजनको नेपाल आइडलको उपाधि सज्जा चौलागाईले जितेकी छन् । नेपाल आइडलका टिम नै पुरै आइसोलेसनमा बस्नु परेपछी एपी वान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वार थापाले नेपाल आइडलको उपाधि घोषणा गरेका हुन् । यस्तै फस्ट रनरअप प्रविण बेडवाल र सेकेण्ड रनरअप किरण भुजेल भएका छन् ।
नेपाल आइडल बन्न सफल चौलागाईले ५० लाख, फस्ट रनरअप बेडवालले १० लाख र सेकेण्ड रनरअप भुजेलले ५ लाख प्राप्त गरेका छन् ।
https://www.youtube.com/watch?v=TogCblRVI7o&t=1s