बालदिवसमा चित्रकला र निवन्ध लेखन प्रतियोगिता

157







नवलपुर । बालदिवसको अवसर पारेर नवलपुरमा शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरको आयोजनामा चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता भएको छ ।

पेशागत संगठनहरुको समन्वयमा भएको जिल्ला स्तरीय चित्रकला र निबन्ध प्रतियोगिता गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार चित्रकला प्रतियोगितामा कुमारवर्ती मावि देवचुलीका भिमसरा गाहा प्रथम, नेकसस मन्टेश्वरी बोडिङ्ग स्कूल देवचुलीका निकिता शर्मा द्वितीय र प्रतिभा इंलिस बोडिङ्ग बौदीकालीका सरोज विक तृतीय भएका छन् ।
त्यसैगरी निबन्ध प्रतियोगितामा भीमसेन मावि देवचुलीका आदर्श भुसाल प्रथम, कुमारवर्ती मावि देवचुलीका कामना आचार्य द्वितीय र लक्ष्मी मावि अमरापुरीका खेमराज आचार्य तृतीय भएका छन् ।

 

You might also like
Loading...