चितवन मेडिकल कलेजमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु


चितवन, असोज ४ –



चितवन मेडिकल कलेजमा उपचारका  क्रममा  आज थप दुई जनाको मृत्यु भएको छ ।



मेडिकल कलेजका अनुसार मृत्युु हुनेमा चितवनको कालिका नगरपालिका – ५, का ६० बर्षिय पुरुष र हेटौंडा उपमहानगरपालिका १० कि १७ बर्षिय युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार एकसाता अघि निमोनिया र मुटु रोगका कारण हस्पिटल भर्ना भएका चितवनका पुरुषमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो भने स्वासप्रश्वासमा समस्या आएर १२ दिन अघि अस्पतालमा भर्ना भएकी युवतिमा १० दिन अघि कोरोना संक्रमण  पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनिहरुको आज मृत्युु भएको अस्पतालले जनाएको छ ।

 

चितवन मेडिकल कलेजमा हालसम्म १५ जनाको मृत्यु  भईसकेको छ । यो संगै चितवनमा कोरोना संक्रमणका कारण मृत्युु   हुनेको संख्या ३४ पुगेको छ ।



सम्बन्धित
Loading...