बिश्वब्यापी भर्चुअल तेक्वान्दो प्रतियोगीतामा नेपालकी पार्वती गुरुङ भिड्दै
अक्टोबर २ तारिख देखि यु. के. मा सञ्चालन हुने भर्चुअल KTA वर्ल्ड वाइड पुम्से र पारा पुम्से च्याम्पियनसिप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै १३ औं सागमा स्वर्ण पदक विजेता चितवनकी पार्वती गुरुङले एक्लै प्रतिस्पर्धा गर्ने भएकी छिन ।
अक्टोबर २ देखि ४ तारीख सम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा नेपालबाट सहभागी हुने खेलाडि गुरुङका लागि लाग्ने सम्पुर्ण खर्चको ब्यवस्था नेपालका पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा बृटिस आर्मिका अन्तरास्ट्रिय प्रशिक्षक मास्टर राष्ट्र राइले गरीदिने भएका छन ।
प्रतियोगितामा सहभागी हुन लागेकी खेलाडी पार्वती कुशल तथा अनुशासित खेलाडिका रुपमा परीचित छिन । २०७४ साल बाट महेन्द्र पुलिस क्लबमा आबद्ध भै हरेक च्याम्पियनसिप हरुमा सहभागीता जनाउदै आएकी उनले यसपटकको प्रतियोगितामा पनि पदक जित्न सक्ने खुबी रहेको पार्वतीका प्रशिक्षक रमेश कार्किले दाउन्ने न्युजलाइ बताएका छन ।