रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनी १३ असोजको राति ११ बजे अस्पताल भर्ना भएका थिए ।
उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
गौतमका अनुसार उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।