नवलपुरमा फेरि अर्को बलात्कारको घटना, दिदीको घर सुत्न जाँदै गर्दा बाटोमै छिमेकीले गरे १६ बर्षीया बालिकालाई बलात्कार

4,138







नवलपुर । पूर्वी नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की बालिका बलात्कृत भएकी छिन् ।  कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय मनबहादुर मुसहरले बलात्कार गरेका हुन् ।

नवलपुर प्रहरीका अनुसार दिदीको घर सुत्न जाँदै गर्दा बीच बाटोमा नै मुसहरले ति बालिकालाई बजरजस्ती तानेर लगेर बलात्कार गरेका थिए ।  प्रहरीले बालिकालाई बलात्कार गर्ने मुसहर र उनका सहयोगी विष्णु  विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

उनीहरुले बालिकालाई बाटोदेखि केही पर खेतमा लगेर बलात्कार गरेको नवलपुर प्रहरीले जनाएको छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको नवलपुर प्रहरीले जनाएको छ ।

केही दिन अघि गैडाकोटमा ७ बर्षीया बालिकालाई आफ््नै १४ बर्षीया दाजुले घर कोही नभएको मौका छोपी बलात्कार गरेको घटना बाहिर आएको थियो ।

You might also like
Loading...