पत्रकार महासंघद्वारा सञ्चार गृह अगाडि धर्ना


नेपाल पत्रकार महासंघले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ ।



कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासंघले जनाएको हो ।

पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिइएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।



सम्बन्धित
Loading...