गुणस्तरहिन खाद्य बेच्ने ऋद्धिसिद्धका सञ्चालक धरौटीमा छुटे
गोपी ज्ञवाली –
नवलपरासी । गुणस्तरहिन खाद्य सामान बेचेको ओरोपमा गिरफ्तार भएका पश्चिमा नवलपरासीको सदरमुकाम परासीका एक मिठाई ब्यापरी दुई लाख पचार हजार धरैटीमा छुटेका छन् ।
अखाद्य बस्तु मिलावट गरी मिठाई जन्य बस्तु विक्री वितरण गरेका पश्चिम नवलपरासीको सदरमुकाम परासीका मिठाई ब्यापारी विजय कुमार गुप्ता उच्च अदालत तुल्सीपुर बुटवल ईजलासको आदेशमा २ लाख ५० हजार धरौटीमा रिहा भएको नवलपरासी जिल्ला अदालत परासीका शाखा अधिकृत तीर्थ राज शर्माले बताए ।
गुणस्तर विभागले गत भदौ १ गते आकस्मिक रुपमा गरेको अनुगमनका क्रममा पश्चिम नववपरासीको सदरमुकाम परासी बुद्धचोक स्थित रिद्धसिद्ध मिस्ठान भन्डारले अखाद्य पदार्थ मिलावट गरि मिठाईहरु बनाएई विक्रीवितरण गरेको पाईए पछि रिद्धसिद्धी मिष्ठान भन्डारका संचालक विजय कुमार गुप्तालाई नियन्त्रणमा लिई पुर्वपक्षका लागि थुनामा राखेको थियो ।
जिल्ला अदालत नवलपरासीले मंसीर १० गतेको आदेशानुसार ब्यापासी गुप्तालाई पुर्वपक्षका लागि थुनामा राखिएको थियो ।
धरौटीमा छुटन पाँउ भनि गुप्ताले जिल्ला अदालत नवलपारीको गरेको अनुरोध जिल्ला अदालतले खारेज गरि दिए पछि उच्च अदालत तुल्सीपुर बुटवल ईजलासमा अपिल गरेका थिए ।
सोही अपिलका आधारमा उच्च अदालत तुल्सीपुर बुटवल ईजलासले मंसीर १८ गते धरौटीमा छाडने आदेश गरेको नवलपरासी जिल्ला अदालत परासीका शाखा अधिकृत शर्माले बताए ।
https://www.youtube.com/watch?v=sSnmC8lqPR4