देवचुली १५ मा सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा वितरण
देवचुली, देवचुली नगरपालिका वडा नं १५ मा गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनको लागि पोषणयुक्त खानेकुरा वितरण गरिएको छ ।
मंगलबार वडामा रहेका १ सय ८ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । आर्थिक वर्ष २०७७/७८ को वडा स्तरीय योजना कार्यक्रम अन्तर्गत एक लाख बजेटबाट एक क्रेट अण्डा र च्यावनप्रास वितरण गरिएको कार्यक्रमको अध्यक्षता रहनुभएका देवचुली १५ का वडाध्यक्ष हरिभक्त भट्टराईले जानकारी दिनुभयो ।
उहाँले गर्भवती तथा सुत्केरी महिलाहरुलाई बच्चा गर्भमा रहेबाट जन्मेको हजार दिनसम्ममा पोषण खानेकुराको आवश्यकता पर्ने हुँदा आमा र बच्चाको लागि पोषणयुक्त खानेकुरा वितरण गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य माया सुवेदी, वडा सदस्य गीता परियार, सुरेश कुमार रानाभाट, प्रगतिनगर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वंयमसेविका लगायतको उपस्थितीमा पोषणयुक्त खानेकुरा वितरण गरिएको थियो ।
https://www.youtube.com/watch?v=5oL4ZHq62jQ