मन्त्री रायमाझी नवलपुर आएपछि, प्रचण्ड नेपाल कार्यकर्ता कालोझण्डा र व्यानर टाङदै, प्रहरी हटाउँदै फोटो फिचर


कावासोती । नेकपा (ओली समूह) को अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्न आइतबार पूर्वी नवलपरासीको कावासोतीमा उर्जा तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी आएपछि कालोझण्डा टांग्न र हटाउन प्रचण्ड नेपाल समूहको कार्यकर्ता र प्रहरीबीच दोहोरी चलेको थियो ।



कावासोतीको सितारा रिसोर्टमा भएको भेलालाई सम्बोद्धन गर्न मन्त्री रायमाझी कावासोती आएका हुन् । पुराना कावासोती बजारदेखि रामनगर चोकसम्म नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरु विजुलीको पोल र प्रतिक्षालयमा अगाडि अगाडि कालोझण्डा र ब्यानर टाँग्ने र प्रहरी पछि पछि हटाउँदै जाँदै गरेका थिए ।

मन्त्री रायमाझीलाई उनीहरुले कावासोतीको थकाली चोकबाट असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बेलुनमा बाँधेर उडाई विरोध जनाएका थिए ।






सम्बन्धित
Loading...