पश्चिम नवलपरासीको ग्रामिण साकोसको पाँचौ सेवा केन्द्र बर्दघाट १६ मा
बर्दघाट । पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ७ जिमिरेभारको पाँचौ सेवा केन्द्र अन्र्तगत शनिबार दाउन्ने देवी सेवा केन्द्र बर्दघाट १६ मा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
सस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासी सञ्चालक सदस्य एवं ग्रामिण साकोसका निर्वतमान अध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले बैंक भन्दा सहकारी फरक भएको बताउदै सर्व साधारणका लागी सहकारी नै कारोबारको उत्तम माध्यम रहेको बताए ।
कार्यक्रममा बर्दघाट वडा नम्बर १६ का वडाध्यक्ष शुक बहादुर गुरुङले आफ्नो वडामा ग्रामिणले सेवा दिएकोमा वडाको तर्फदेखि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
बर्दघाट नगरपालिका, सरावल गाउपालिका र प्रतापपुर गाउपालिकाको १ र २ नम्बर वडा कार्य क्षेत्र रहेको साकोसले यस पुर्व बर्दघाट सेवा केन्द्र बर्दघाट ४, स्वर्णिम सेवा केन्द्र बर्दघाट ९, मिरमिरे सेवा केन्द्र बर्दघाट १२, उदय सेवा केन्द्र बर्दघाट १३ लगाएतका स्थानबाट सेवा प्रदान गरिरहेको सस्थाका ब्यवस्थापक आनन्द पाण्डेले जानकारी दिए ।
६८ करोड ५० लाखको पुजी रहेको सस्थामा हाल ८ हजार २ सय ५० बढी सेयर सदस्य आबद्ध छन । सस्थाका उपाध्यक्ष सुरज केसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाकी सचिव राधा ढकालले गरेकी थिइन् ।
