नवलपुरका साहित्यहरुको फोन डायरी
१५ फागुन – देवचुली साहित्य समाज नवलपुरको आयोजनामा रचना वाचन कार्यक्रम आज दलदलेमा भएको छ ।
सोही कार्यक्रममा नवलपुरका साहित्यकारहरूको फोन नम्बर संकलन गरिएको नवलपुर साहित्य फोन डायरी विमोचन पनि गरिएको थियो ।
कवि लोकनाथ खरेल र सरोज उजाडद्वारा नवलपुर साहित्य फोन डायरी तयार पारिएको थियो भने अमिट स्मृति साहित्य समाजले यसलाई प्रकाशन गरेको थियो । भर्खरै स्थापना भएको देवचुली साहित्य समाजको पहिलो कार्यक्रम रहेको थियो ।
कार्यक्रममा देवचुली १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कवि दिपक सोती, कृण्णादेवि शर्मा, लोकनाथ खरेल, राधा पाण्डे, धनपति कोईराला लगायत करिब ३ दर्जन स्रष्टाहरूले रचना बाचन कार्यक्रम गरेका थिए ।
