पाण्डेकाे साताैं दिनकाे स्मृतिमा श्रद्धाञ्जली सभा


क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष रवि पाण्डेकी आमा पार्वतीदेवी पाण्डेकाे साताैं दिनकाे स्मृतिमा आज श्रद्धाञ्जली सभा गरिएकाे छ ।
नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी र क्रान्तिकारी पत्रकार महासंघकाे संयुक्त आयाेजनामा बर्दघाट ४ मा श्रद्धाञ्जली सभा गरिएकाे हाे।


सभा क्रान्तिकारी माओवादीका पाेलिटव्युराे सदस्य प्रेम सुवेदी, अशाेक लम्साल अनुकुल, नेकपा माओवादी केन्द्र पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष टेक मास्की राना लगायतले पाण्डेकाे जीवनीमाथि प्रकाश पारेका थिए ।

छत्रबहादुर थापाकाे सञ्चालनमा भएकाे सभा छविलाल खरेलकाे अध्यक्षतामा भएकाे थियाे ।



त्यसैगरि आज नै नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी र बर्दघाट खानेपानी संस्थाले पनि श्रद्धाञ्जली सभा गरेकाे थियाे ।

https://www.youtube.com/watch?v=eNnueE-tH2o



सम्बन्धित
Loading...