नवलपुरमा कृषिमा स्वरोजगार बढाउन गोष्ठी





कावासोती । कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाएर कृषिमा युवा स्वरोजगार बढाउनका लागि कावासोतीमा गोष्ठी गरिएको छ ।

कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र मालेपाटन, पोखराको आयोजनामा भएको युवा स्वरोजगार तालिम प्रदानको लागि ज्ञान केन्द्र स्तरीय तालिम आवश्यकता पहिचान गोष्ठीमा सहभागीहरुले कृषि पेशमा युवाहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर बहस गरिएको थियो ।




कार्यक्रममा नवलपुरका पालिकाहरुको कृषि शाखाका प्रविधिकहरु र कृषकहरुको सहभागिता रहेको थियो ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुकिकीकरण ईकाई नवलपुरका प्रमुख विष्णुप्रसाद शर्मा, कृषि ज्ञान केन्द्र गण्डकी प्रदेश प्रमुख विष्णुप्रसाद घिमिरे लगायतले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

 

 

 

 




सम्बन्धित
Loading...