बर्दघाटमा चालक बन्दी गृहको शिलन्यास


  • पप्पु रेग्मी –


बर्दघाट । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश अन्तर्गत बर्दघाट नगर कमिटिले ईलाका प्रहरी कार्यालय बर्दघाट परिसर भित्र चालक बन्दि गृहको शिलन्यास गरिएको छ ।




संगठनका केन्द्रिय कमिटि प्रचार प्रसार विभागीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा बर्दघाट नगर कमिटीका ईन्चार्ज केशव राज पौडेलको अध्यक्षता भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बन्दी गृहको शिलान्यास गरेका हुन् ।

बन्दी गृहको शिलान्यास गर्दै नगर प्रमुख बस्याालले चालक पेशा मर्यादित पेशा भएको र कुनै पनि चालकले जानी जानी दुर्घटना नगराउने हुँदा घटना घटेमा चालकलाई अरु अपराधी सरह राख्न नहुने बताउदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले चालकहरुलाई स–सम्मानका साथ राख्नका लागी चालक बन्दी गृह भवन बनाउन थालिएको बताए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज ध्यान बहादुर राई, ईलाका प्रहरी कार्यालय बर्दघाटका ईन्चार्ज कपिल वाग्ले, बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल, नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय सदस्य हरि बहादुर कार्की लगायतले बोलेका थिए ।

दुई कोठे दुई तले भवन करिव २० लाख रुपैयाको लागतमा यसै वर्षमा निर्माण कार्य सकिने लुम्बिनी प्रदेशका सचिव प्रकाश बस्यालले जानकारी दिए ।

संगठनका बर्दघाट नगर कमिटिका उपाध्यक्ष तारा बहादुर क्षेत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन नगर सचिव ईश्वर थापाले गरेका थिए ।

https://www.youtube.com/watch?v=BJICR96jcfE



सम्बन्धित
Loading...