पन्ध्र बर्षमा पनि सहज बन्न सकेन सुनवल महलपोखरी भुटुके सडक


गोपी ज्ञवाली –



नवलपरासी । पश्चिम नवलपरासीको सुनवलदेखि महलपोखरी हुदै पाल्पाको भुटुके जोड्ने सडक बन्न लागेको पन्द्रह वर्ष पार गरिसक्दा पनि सहज रुपमा आवागमन हुन सकेको छैन ।




पश्चिम नवलपरासीको सुनवलदेखि महलपोखरी हुदै पाल्पाको माथागढि गाउँपालिकाको भुटुकेसम्म जोडने २१ किलोमिटरको बाटो बन्ने क्रम पछिल्लो पन्ध्र वर्ष वितिसक्दा पनि सवारी साधनहरुको आवागमनका लागि सडक सहज बन्न सकेको छैन ।

पश्चिम नवलपरासीको महेशपुर भन्सार नाकाबाट आएका सामानहरु सुनवल महलपोखरी हुँदै मध्य नेपालको बाग्लुङ, पोखरा लगायतका अन्य भागहरुमा सहजै पहुच पुग्ने गरि सडक निर्माण भई रहेको भन्दै राजनैतिक रुपमा भाषणहरु हुने गरेको भए पनि उक्त सडकमा सवारी साधन गुडाउन सहज अवस्था नबनेको सुनवल वार्ड नम्बर ४ का अध्यक्ष विरबहादुर गुरुङले बताए ।
मात्र २१ किलोमिटरको दुरी रहेको सुनवल महलपोखरी भुटुके सडक खण्ड निर्माणको कार्य शुरु भएको १५ वर्ष भएको छ निर्माण कार्य अझै जारी रहेको छ ।

दुई वर्ष पहिला ट्रयाक खोलिएको भए पनि दुई वर्षदेखि अत्यन्तै जोखिमपूर्ण अवस्थामा केही जीपहरु चल्ने गरेको सुनवल महलपोखरी भुटुके सडक खण्डमा गाडी चलाउदै आएको सुमन घर्ती मगरले बताए ।

२०६२ सालदेखि विभिन्न चरणमा गरी सडकको निर्माण कार्य भई रहेको भए पनि महलपोखरीदेखि भुटुकेसम्मको सडक खण्डमा करिब आधा दर्जन स्थानमा भन्ज्याङ र अप्ठ्यारा पहाडी मोडहरुले सडक अत्यन्तै जोखिमपुर्ण अवश्थामा रहेको गाडी चालक मगरले बताए ।

सुनवल नगरपालिकाको चोकदेखि महलपोखरी हुदै पाल्पाको भुटुके पुग्ने जम्मा २१ किलो मिटरको सडक निर्माणमा हर वर्ष पैसा विनियोजन हुने गरेको भए पनि अहिलेसम्म जीप बाहेकका ठुला सवारी साधनहरु चल्न सक्ने अवस्था छैन ।
सुनवल गाउँपालिका, नवलपरासी जिल्ला विकास समिति हुदै अहिलेका स्थानीय सरकार प्रदेश सरकारले लाखांै रकम बाटो निर्माणको लागि खर्चिएको भए पनि सवारी साधन आवतजावतमा भने अझै समस्या रहेको छ ।



सम्बन्धित
Loading...