आज मौसम : देशका केहि भू-भागका हावाहुरी र वर्षाको सम्भावना


आज पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।



आज (सोमबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

साथै देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।



त्यसैगरी राती पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।



सम्बन्धित
Loading...