रुपन्देहीमा सवारी साधनमा जोरबिजोर प्रणाली लगाइयो


रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सवारीसाधन संचालनमा पनि कडाई गर्ने भएको छ । डिसीसीएमसीको आज बसेको बैठकले यही वैशाख १४ गतेबाट जिल्लामा चल्ने सवारी साधनहरुलाई जोरबिजोर प्रणालीको आधारमा चलाउने निर्णय गरेको छ ।



रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रुपन्देहीका सार्वजनिक तथा निजी यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको रातोपाटीलाई बताए ।

उनले जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको खुलाए ।




 निजी र सरकारी  चारपाङ्ग्रे,तीन पाङ्गे र दुई पाङ्गेमा लागु गर्ने हुनेछ ।


सम्बन्धित
Loading...