१८ लाख बढीको अवैध सामग्री बरामद




नवलपुर । पूर्वी नवलपरासी प्रहरीले पूर्वी नवलपरासीको मध्येविन्दु नगरपालिका ७ चोरमारा स्थित शिवमन्दिर नजिक राजमार्गमा वेवारिसे अवस्थमा रहेको १८ लाख बढीको अवैध सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार १८ लाख ३४ हजार ५ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको हो ।




प्रहरीले टप्स २ हजार ८ सय ६४ पिस र सुटको कपडा ४३ पिस बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारवाहीका लागि महेषपुर भन्सार कार्यालय चलान गरेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...