देवचुलीको बाल विकास भवन शिलान्यास





देवचुली । कोरोना संक्रमणले निषेधाज्ञा लागू भइरहेकै बेला नवलपुरको देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको ९ कोठे बाल विकास भवनको शिलान्यास गरिएको छ ।

देवचुली नगरपालिकाकी उपप्रमुख पर्वाता तिवारीले उक्त ९ कोठे बाल विकास भवनको शिलान्यास गरेका हुन् ।




नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत नमुना विद्यालयको पहिलो किस्ता अन्तर्गत १ करोड ५० लाख लागतमा ३ तल्ले ९ कोठे भवन निर्माण गरिने भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसाल, विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाल, भूतपूर्व अध्यक्षहरु, देवचुली वडा नं ७ र ९ का वडाध्यक्ष, विद्यालयका शिक्षकशिक्षिका, विभिन्न उपसमितिका संयोजकहरु लगायत दर्जनौको उपस्थितिमा भवन बाल विकास भवन शिलान्यास गरिएकको थियो ।

बाल विकास भवन आर्थिक बर्ष २०७८/२०७९ को असोजसम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले जानकारी दिए ।




सम्बन्धित
Loading...