चितवनका अस्पतालमा ११ संक्रमितको मृत्यु


जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चितवनका तीनजनासहित ११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो।



गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष, चितवनको खैरहनी नगरपालिका–९ की ५४ वर्षीय महिला, रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीय महिला, भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

चितवनको राप्ती नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका–९ का ३२ वर्षीय पुरुष, अर्घखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुषको भने पुरानो मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।




वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको छ। रुपन्देही तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष र रुपन्देहीकै कालिका नगरपालिकावडा नम्बर १० का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। क्यान्सरको समस्या भई अस्पताल आएका बिरामीको कोरोनाका कारण मृत्यु भएको हो। यस्तै भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।



सम्बन्धित
Loading...