कोरोनाको कहरसँगै पानीको अभाव झेल्दैँ कोरथरबासी
-पार्वती पाण्डे ।
नवलपुर । पुर्वि नवलपरासीको पहाडी भुभागमा पर्ने बौदिंकालीका गाउँपालिका
बासिन्दाँहरु कोरोनाको माहामारीसँगै पानीको अभाव पानि भोगिरहेका छन् ।
बौदिंकालीका गाउँपालिका वडा नं ३ डेढगाँउको कोरथरको कुवा सुकेसँगै पानीको हाहाकार फैलिएको र त्यहाँका बासिन्दाँहरु राति १।२ बजेदेखि कुवामा पानी र्भर्नलाई पालो लगाउन गई पानी थाप्दा पनि बिहानसम्म पानीसुकेर पानी भर्न नपाएका त्यहीँ कोरथर बासि तथा सामुदायिक सहजकर्ता सुमित्रा नेपालीले जानकारी दिनुभयो । पानीको टंकि २ र ३नंम्वर वडामा नभएको तर अन्य ठाउँको तुलनामा यस कोरथरको कुवा भने हिउदयामको शुरवातसँगै सुक्ने र प्रत्येक बर्ष पानीको अभाव भोग्दैँ आइरहनु परेको उहाँले जानकारी दिनुभयो ।![May be an image of outdoors]()
त्यसैगरी ७७ । ७८ को बजेट बिनियोजन गर्दा उक्त ०२ नंम्वर बडाबासिको समस्यालाई मध्यनजर गदै १० लाख बजेट छुट्यमएर लिफ्टिङ्ग पानी टंकि योजना बनाइएको र सो योजना अनुसार १ वटा १६ हजार घनमिटरको टंकिको निर्माण लगभग सम्पन्न भएको तर बजेटको अभावका कारण त्यहाँदेखि माथि तिनचार सय मिटरमाथि लगेर ४ वटा कुवाको पानी त्यहाँ जम्मा गरी त्यहाँका लगभग ६० घरलाई खानीपानीको अभाव नगराउने योजना भएता पनि बजेट अभावका कारण काम सम्पन्न हुन नसकेको सो लिफ्टिङ्ग पानी टंकि योजनाका सचिव तुल बहादुर गाहाले जानकारी दिनुभयो ।
