गुल्मीमा ट्रकले किचेर सह-चालकको ज्यान गयो
गुल्मीमा ट्रकको पाङ्ग्राले किचेर एक जना सह–चालक युवकको ज्यान गएको छ । 
जिल्लाको मदाने गाउँपालिका– २ बाँझकटेरी पञ्चनपोखरास्थित ना २ ख ५७६५ नम्वरको ट्रकले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको शनिबार बिहान मृत्यु भएको हो ।