नेपाल एसियन कप छनोटको प्लेअफमा


डिफेन्सका मुख्य खेलाडी रोहित चन्दले पहिलो हाफको अन्त्यमा रातो कार्ड बेहोर्दे मैदान छाडेपछि १० खेलाडीमा समेटिएको नेपालले अस्ट्रेलियाविरुद्ध ३–० को हारसँगै शुक्रबार विश्वकप २०२२ छनोट टुंग्याएको छ ।



यससँगै नेपाल सिधै एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्न असफल रह्यो । अब त्यसका लागि प्लेअफ खेल्नुपर्नेछ ।

छनोटका ८ खेलमध्ये ६ खेल हारेको नेपालले दुई खेल जित्दै ६ अंक बनाएर समूह ‘बी’ को चौथो स्थान हात पार्‍यो । नेपालले दुवै जित चाइनिज ताइपेईविरुद्ध निकाल्यो । ताइपेई समूहको अन्तिम अर्थात् पाँचौं स्थानमा रह्यो ।




समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चार देशले सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्न पाउँछन् । तर, एउटा समूहमा चार टिममात्रै भएकाले चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोटमा पाँचौं हुने टिमसँगको नतिजा गणना हुँदैन । त्यसर्थ, चौथो स्थानको वरीयतामा नेपाल अंकविहीन रह्यो ।



सम्बन्धित
Loading...