नवलपुरमा २ जनालाई बलात्कारीलाई जन्मकैद सजाय
नवलपुर । नवलपुर जिल्ला अदालतले बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ बस्ने २७ वर्षीय रोहित थापा र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शुक्रबार जन्मकैदको सजाय सुनाएको हो ।
छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति सहित जन्मकैदको सजाय सुनाईएको हो ।
अभियुक्त थापाले छिमेकी ८ वर्षकी नाबालिकालाई अघिल्लो वैशाख ३१ गते खेल्दै आफनो घरमा आएको मौका पारेर बलात्कार गरेको बयान दिएका छन् ।
घरनजिक खेल्दै आएको मौका पारेर ती नाबालिकालाई चकलेट दिएर खेतमा लगेर बलात्कार गरेको उनले बयान दिएका छन् । पीडित नाबालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस्तै विनयी त्रिवेणी गाउँपालिकाका १५ वर्षीय किशोरले घरनजिकै खेल्न आएको बेलामा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेका थिए ।
उक्त घटना २०७७ साल जेठ ३१ गतेको हो । ती किशोरलाई भने १२ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । नाबालक भएका कारण उनलाई तत्कालका लागि बालसुधारगृहमा राखेर कैद सजाय भुक्तानी गर्न अदालतको आदेशमा उल्लेख गरेको छ ।