कावासोतीमा २ जना संक्रमितको निधन, कावासोतीमा मात्रै कोरोनाका कारण ४३ जनाले ज्यान गुमाए


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा थप २ जना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।



कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कावासोती २ निवासी ५७ बर्षीय पुरुषको मंगलबार विहान चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । त्यसैगरी कावासोती ३ निवासी ८५ बर्षीया महिलाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

त्यसैगरी बुधबार कावासोतीमा २४ जना नयाँ संक्रमित थपिएका छन् भने १७ जना निको भएका छन् । कावासोतीमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३ सय ३७ पुगेको छ ।






सम्बन्धित
Loading...