कोभिशिल्ड खोपको दोस्रो डोज नवलपुरमा केही दिनमै


नवलपुर । पूर्वी नवलपरासीमा कोरोना विरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज केही दिनमै लगाइने भएको छ ।



नवलपुरमा १९ हजार बढीले कोभिशिल्ड खोप लगाएकोमा १४ हजारको हाराहारीमो दोस्रो डोजको खोप लगाउन बाँकी रहेका छन् ।

कोभिशिल्डको दोस्रो जोडको खोप लगाउन छुटेका ६५ बर्ष माथिका उमेर समूह, स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।




उनका अनुसार साउनको अन्तिम साता कोभिशिल्डको दोस्रो डोजको खोप लगाउन नवलपुरमा शुरु गरिने छ ।

त्यसैगरी भेरोसेलको दोस्रो डोज खोप लगाउन बाँकीहरुलाई भने भदौको पहिलो साता खोप लगाइने तयारी भईरहेको उनले बताए ।



सम्बन्धित
Loading...