देवचुलीमा १ जना संक्रमितको निधन, १५६ सक्रिय संक्रमित
कृशला सापकोटा,
नवलपुर । पूर्वी नवलपरासीको देवचुली १५ निवासी ६१ बर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।
साउन १० गते कोरोना पोजेटिभ देखिएका उनको शुक्रबार बिहान ९ः१५ बजे भरतपुर अस्पतालमा निधन भएको देवचुली नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यो सहित देवचुलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । देवचुलीमा अहिले सक्रिय संक्रमितको संख्या १५६ पुगेको छ ।