चितवनका अस्पतालमा २५२ को उपचार, भेन्टिलेटरमा ४१ र आइसियूमा १०५ जना


चितवन २७ साउन । चितवनका अस्पतालमा बुधबार २५२ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अस्पताल भर्ना भएका संक्रमितमध्ये ४१ जना भेन्टिलेटरमा, १०५ जना आइसियूमा र ४७ जना एचडियूमा छन् भने १०० जना जनरल वार्डमा उपचार गराइरहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।



भरतपुर अस्पतालमा ९९, चितवन मेडिकल कलेजमा ७२, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा २४, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १३ जना र अन्य निजी अस्पतालहरुमा २१ जनाको उपचार भइरहेको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

स्थानीय तहको आइसोलेसन केन्द्रहरुमा पनि केही संक्रमितको उपचार भइरहेको उनले बताइन्। उनका अनुसार भरतपुर र कालिकामा चार/चार जनाको उपचार भइरहेको छ। यस्तै माडीमा दुई जना र खैरहनीमा एक जना संक्रमितको उपचार भइरहेको उनले बताइन्।




२६ जना डिस्चार्ज

बुधबार चितवनका अस्पतालबाट २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। भरतपुर अस्पतालबाट ११, चितवन मेडिकल कलेजबाट ८ र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट पाँच जना डिस्चार्ज भएका हुन्। यस्तै माडी र कालिका नगरपालिकाको आइसोलेसन केन्द्रबाट पनि एक/एक जना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।



सम्बन्धित
Loading...